पाँचजना एसपीको काज सरुवा

Break n Links
Break n Links

पाँचजना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरिएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरमा हरिहरनाथ योगी र तनहुँमा वीरेन्द्रबहादुर शाहीलाई पठाइएको प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभागले जनाएको छ।

त्यस्तै तनहुँमा कार्यरत अपिलराज बोहरालाई राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतमा पठाइएको छ।

चार महिनाअघि तनहुँमा गएका बोहरा अवधि नपुग्दै तानिएका हुन्। राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतमा कार्यरत रामप्रकाश शाह राष्ट्रिय सुरक्षा परिषद्मा सरुवा भएका छन्।

उदयपुरका एसपी रमेश थापाको प्रहरी प्रधान कार्यालयस्थित अन्वेषण योजना तथा विकाश निर्देशनालयमा सरुवा भएको छ।

प्रकाशित मिति: : 2024-07-20 09:48:00

प्रतिकृया दिनुहोस्