नेपाल दक्षिण एसियाली करातेमा ६२ पदकसहित टिम च्याम्पियन

नेपाली कराते टोली भुटानको थिम्पुमा सम्पन्न आठौँ दक्षिण एसियाली कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ।

नेपाल, भुटान, भारत र श्रीलंका सहभागि प्रतियोगितामा नेपालले ३१ स्वर्ण, २० रजत र ११ कास्य पदकसहित  कूल ६२ पदक प्राप्त गर्दै प्रथम भएको हो।

त्यस्तै भारत २७ स्वर्ण, २० रजत र १३ कास्य पदकसहित दोश्रो, श्रीलङ्का ५ स्वर्ण १८ रजत र ३१ कास्यसहित तेस्रो भएको छ।

आयोजक भुटान ५ रजत र ३७ कास्य पदकसहित चौथो भयो। गएको वर्ष काठमाडाैँमा भएको सातौँ संस्करणमा पनि नेपाली टोली टिम च्याम्पियन बनेको थियो।

प्रकाशित मिति: : 2024-07-20 07:40:00

प्रतिकृया दिनुहोस्