महिला एसिया कप: पाकिस्तानमाथि भारत ७ विकेटले विजयी

जारी महिला एसिया कपमा भारतले विजयी सुरुवात गरेको छ।

समूह ए अन्तर्गतको खेलमा भारतले पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो।

पाकिस्तानले दिएको १०९ रनको लक्ष्य पछाएको भारतले १४.१ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो।

यसअघि पाकिस्तानले १९.२ ओभरमा अलआउट हुँदै केवल १०८ रन बनाएको थियो।

यसअघि शुक्रबार नै सम्पन्न समूह ए अन्तर्गतको खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो।

अब भारतले अर्को खेल आइतबार युएईसँग खेल्ने छ। भने, आइतबार नै पाकिस्तानले नेपालसँग खेल्ने छ।

प्रकाशित मिति: : 2024-07-20 06:49:00

प्रतिकृया दिनुहोस्