अर्थतन्त्रलाई सुदृढ बनाउनु नै सरकारको प्रमुख ध्येय छ: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा रहेको निराशा चिरेर अर्थतन्त्रलाई सुदृढ बनाउनु नै सरकारको प्रमुख ध्येय भएको बताएका छन्।

नेपाल उद्योग परिसङ्घका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री ओलीले मुलुकमा देखिएका समस्या समाधान र केही परिवर्तनकारी काम गर्नका लागि आफ्नो नेतृत्वमा नयाँ सरकार गठन भएको बताए।

एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पदका लागि मात्रै आफू पुनः प्रधानमन्त्री जिम्मेवारीमा नआएको दाबी गरे। उनले भने- ‘म यसअघि नै प्रधानमन्त्री बनिसकेको हो, पदका लागि मात्रै पुनः जिम्मेवारीमा आएको होइन, केही न केही नयाँ काम गरौँ, मुलुकको समस्या समाधानमा योगदान गरौँ भनेर जिम्मेवारी लिएको हो।’

प्रधानमन्त्री ओलीले अर्थतन्त्रलाई सुदृढ र चलायमान बनाउनेतर्फ सरकारको विशेष रुचि र ध्यान रहेको बताउदै नेपाल राष्ट्र बैङ्कले ल्याउन लागेको मौद्रिक नीति निजी क्षेत्र मैत्री हुने सङ्केत गरे।

प्रकाशित मिति: : 2024-07-19 21:25:00

प्रतिकृया दिनुहोस्