ओलम्पिकमा भाग लिने खेलाडीलाई राष्ट्रपति पौडेलद्वारा शुभकामनासहित बिदाई

राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस ओलम्पिकमा भाग लिने खेलाडीहरुलाई शुभकामनासहित बिदाई गरेका छन्।

शुक्रबार शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले पेरिस ओलम्पिकमा भाग लिने सात खेलाडीसहित अफिसियललाई शुभकामनासहित बिदाई गरेका हुन्।

फ्रान्सको पेरिसमा यही जुलाई २६ देखि अगष्ट ११ सम्म आयोजना हुने ३३औं गृष्मकालिन ओलम्पिकमा नेपालबाट ७ खेलाडीले सहभागिता जनाउने भएका छन्। नेपाल ओलम्पिक कमिटीका अनुसार प्रतियोगितामा चार महिला र तीन पुरुष सहभागी हुँदै छन्।

नेपालबाट ब्याडमिन्टनमा प्रिन्स दाहाल, टेवल टेनिसमा सान्टू श्रेष्ठ र सुटिङमा सुस्मिता नेपालले प्रतिस्पर्धा गर्नेछन्। यस्तै पौडीमा अलेक्जेन्डर शाह र डुवाना लामा, एथ्लेटिक्समा सन्तोषी श्रेष्ठ र जुडोमा मनिता श्रेष्ठ प्रधानले भाग लिनेछन्।

प्रकाशित मिति: : 2024-07-19 14:27:00

प्रतिकृया दिनुहोस्