धनकुटामा बस र ट्याङकर ठोक्किँदा १२ जना घाइते

Symbolic photo
Symbolic photo

धनकुटा नगरपालिका-१ सुकेपोखरीमा बस र ट्याङ्कर ठोक्किँदा १२ जना घाइते भएका छन्।

धनकुटाबाट हिलेतर्फ जाँदै गरेको बा २ ख ७२५४ नम्बरको बस र विपरीत दिसाबाट आउँदै गरेको को १ च १५३१ नम्बरको ट्याङ्कर आपसमा ठोक्किएका हुन्।

घाइतेहरूलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ।

घाइते सबैको अवस्था समान्य रहेको प्रहरीको भनाई छ।

प्रकाशित मिति: : 2024-07-19 14:16:00

प्रतिकृया दिनुहोस्