रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त

File Photo
File Photo

वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन्। 

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्थाअनुसार बडालले नियुक्त भएका हुन्।

यसअघि केपी ओलीको पालामै बडाल महान्यायाधिवक्तामा नियुक्त भएका थिए।

प्रकाशित मिति: : 2024-07-17 16:10:00

प्रतिकृया दिनुहोस्