सुनको मूल्यमा नयाँ रेकर्ड, ताेलामा कति?

साउन महिनाको पहिलो दिन नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९ सय रूपैयाँले बढेको छ।

सोमबार प्रतितोला १ लाख ४६ हजार ९७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९ सय रूपैयाँले बढेर १ लाख ४७ हजार ८ सय रूपैयाँमा कारोवार भइरहेको छ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४७ हजार १ सय रूपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।

यसैगरी, आज चाँदीको मूल्य भने घटेको छ। सोमबार तोलामा १ हजार ८ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी आज १० रूपैयाँले घटेर १ हजार ८ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति: : 2024-07-16 11:24:00

प्रतिकृया दिनुहोस्