स्वर्णिमले भारतीय राजदूतसँग ‘नेपाललाई भारतीय राज्य’ बनाउन आग्रह गरेको दाबी

फाइल तस्विर
फाइल तस्विर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वमहामन्त्री एवम् हालका साधारण–सदस्य डा. मुकुल ढकालले उपसभापति डा. स्वर्णिम वाग्लेलाई संगीन आरोप लगाएका छन्।

सांसद्समेत रहेका वाग्लेले नेपालका लागि तत्कालीन भारतीय राजदूत नवीन श्रीवास्तवसँग ‘नेपाललाई भारतीय राज्य’ बनाउन आग्रह गरेकाे ढकालले दाबी गरेका छन्।

उनले शनिबार राति हिमालय टेलिभिजनमा प्रसारित कार्यक्रम ‘अँध्यारोबाट उज्यालोतिर’मा टिकाराम यात्रीसँगकाे कुराकानीका क्रममा यस्ताे दाबी गरेका हुन्।

सभापति रवि लामिछाने दाेस्राेपटक गृहमन्त्री भएपछि काठमाडाैँकाे एक हाेटलमा भारतीय दूतावासकाे टाेलीसँग भेटेर फर्किने क्रममा वाग्लेले भारतसमक्ष यस्ताे सम्झाैता गर्नेगरी कुराकानी भएकाे ढकालले खुलासा गरेका छन्।

कुराकानीकाे अंश:

मुकुल ढकाल: उहाँ (रवि लामिछाने) गृहमन्त्री भइसकेपछि एउटा हाेटलमा हामीले भारतीय राजदूतावासलाई भेट्याैँ, राजदूतलाई भेट्याैँ। म, रविजी, शिशिर खनाल र स्वर्णिम वाग्ले हुनुहुन्थ्याे र त्यतापट्टीबाट आफ्नाे एउटा टिम थियाे। र, त्याे टिमसँग भेटेपछि उहाँ (रवि लामिछाने) जानु भयाे। उहाँ गएपछि त्याे लिफ्टबाट तल ओर्लिसकेपछि त्यतिबेला स्वर्णिम वाग्लेले मलाई के भन्नु भयाे भन्दा खेरि चाहिँ भारतलाई नेपाल, नेपाल देशलाई भारतकाे राज्य बनाइदिनकाे लागि या भुटान स्टेट बनाइदिनकाे लागि एग्रिमेन्ट गर्दिने, र त्याे गरेपछि यिनीहरुले मान्छन् भनेर भनेपछि मलाई त्यतिबेलाे झनक्क रिस उट्याे।

टिकाराम यात्री: तपाईंले त फेरि रविजीलाई मात्रै नभएर स्वर्णिमजीलाई पनि लतार्न थाल्नुभयाे?

मुकुल ढकाल: हाेइन, लाइभ डिटेक्सन दिन तयार छु, उहाँले याे भनेकाे हाे र याे कुनै  पनि प्रकारकाे छानबिन गर्नका लागि म तयार छु। कुनै पनि तरिकाकाे छानबिन कुनै पनि तरिकाकाे के-के गर्नुपर्छ यसमा याे मैले भनेकाे हाे। तर, यसकाे पछाडि याे माेबाइलमा रेकर्ड हुँदैन तर सत्य के हाे भन्दा खेरि चाहिँ आफ् आफ्नाे जुन कुराहरू छ, त्याे कुराहरुमा तपाईंहरु जानुपर्छ। र, उहाँले स्वर्णिम वाग्लेले के भन्नु भयाे भन्दाखेरि चाहिँ नेपाललाई भुटान बनाइदिने भन्ने कुराहरू भन्नु भयाे। र, त्यसपछि नेपाललाई भारतकाे राज्य बनाइदिने कुराहरु उहाँले गरेपछि त्यतिबेला मलाई झनक्क रिस उठेपछि, के भयाे भन्दाखेरि, त्याे झनक्क रिस उठेपछि त्यसकाे एउटा पिक पुगेपछि त्याे कति गाह्....

टिकाराम यात्री: त्याे कति महिना अगाडिकाे कुरा?

मुकुल ढकाल: याे गृहमन्त्री भएकाे एक दुई हप्ता तीन हप्ता त्यस्ताे बेलामा 

टिकाराम यात्री: याे कुरा त्यतिबेर नभनेर पार्टीबाट गलत्याएपछि किन भनेकाे? 

मुकुल ढकाल: म तपाईंलाई भन्दैछु, 

टिकाराम यात्री: कल्ले पत्याउँछ तपाईंलाई? त्यसकाे विश्वसनीयताकाे आधार के?

मुकुल ढकाल: किन भने म तपाईंलाई भन्दैछु, त्यसपछि के भयाे भन्दा त्याे दिनदेखि स्वर्णिम वाग्लेलाई मैले उप-सभापति मानिनँ र त्यसपछि याे कूटनीतिक तरिकाले अब... किनभने त्यतिबेला मैले विद्राेह गरेकाे भए त यल्ले हचुवा कुरा गर्याे भन्ने हुन्थ्याे।

टिकाराम यात्री: त्यतिबेला भनेकाे भए त त्यसमा अर्थ हुन्थ्याे, बरु तपाईं लतारिएर बनेकाे चाहिँ अनर्गल आराेप हाे?

मुकुल ढकाल: हाेइन याे कुरा म तपाईं भन्दैछु, अहिलेकाे हिसाबले म सबैकुरा लाइभ डिडेक्सन दिन तयार छु र त्यतिबेला एउटा व्यक्तिकाे हिसाबले मैले त्याे कुरा त्यतिबेलै निकाल्ने, या पछि गर्ने, के गर्ने भन्ने एउटा अन्याैलमा रहेकाे हाे।

र, म तपाईंलाई भन्दैछु याे विद्राेहकाे प्रस्थानबिन्दु कहाँ छ भन्दाखेरि चाहिँ प्रस्थानबिन्दु जब उहाँहरुले नेपाललाई भारतकाे राज्यकाे रुपमा बुझाउने कुरा गर्नु भयाे त्यसपछि चाहिँ मेराे के भयाे भने अब मैले चाहिँ उहाँहरुलाई नेता मान्न सकिनँ। रवि लामिछाने ठ्याक्कै नेपाललाई भारत बनाउने कुरा गर्नु भएन, स्वर्णिम वाग्लेले त नेपाललाई भारतकाे राज्य बनाउने गरी कुरा गर्नु भयाे। र, त्यसपछि उहाँलाई मैल मन हृदयबाट उपसभापति मानिनँ र समय आएपछि देखाउन्छु भन्ने नै थियाे।

प्रकाशित मिति: : 2024-07-13 23:07:00

प्रतिकृया दिनुहोस्