
बिएल संवाददाता
नेपाली कांग्रेसले मन्त्री चयनको मापदण्ड तय गरेको छ।
सानेपास्थित पार्टी केन्द्रीय कार्यलयमा शनिबार बसेको कार्यसम्पादन समितिको बैठकले एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गर्दै मन्त्री चयनका लागि मापदण्ड तय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन्।
कांग्रेसले मन्त्री चयन गर्दा प्रादेशिक सन्तुलन र समावेशीताका आधारमा सरकारमा सहभागी हुने मन्त्रीको छनौट गर्ने निर्णय गरेको प्रवक्ता महतले जानकारी दिए।
साथै बैठकले नारायणगढ-मुग्लिङ सडकको सिमलतालमा पहिरोमा परेर दुई बस त्रिशूली नदीमा खस्दा करिब पाँच दर्जन यात्रुको अवस्था अज्ञात रहेको घटनामा हराएकाको खोजी र राहतको कार्यमा सक्रियताका साथ लाग्न सम्बन्धित निकायलाई आग्रह गरेको महतले जानकारी दिए।
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया