बिएल संवाददाता
युरोकप २०२४को फाइनल खेल आइतबार हुनेछ। उपाधिका लागि स्पेन र इंग्ल्याण्ड प्रतिस्पर्धामा हुने छन्।
जारी युरोमा उत्कृष्ट प्रदर्शन गरेका स्पेनिस खेलाडी लामिन यामललाई यदि टिमले पुरै समय मैदानमा बिताउन लगाए जरिवानामा पर्ने छन्। १७ वर्षीय लामिन यामलले इङ्ल्यान्डविरुद्ध फाइनलमा पूरा ९० मिनेट खेलेमा जर्मनीको श्रम कानूनअनुसार ४३ लाख ७२ हजार रुपैयाँ तिनुपर्ने हुनसक्छ। जर्मनीको श्रम कानुनअनुसार नावालकलाई काम लगाउँदा ३० हजार युरोको जरिवाना रहेको छ।
यामलले युरो २०२४को फाइनलमा इङ्ल्यान्डविरुद्ध खेल्ने एक दिनअघि (शनिबार) आफ्नो १७औँ जन्मदिन मनाउँदै छन्। १६ वर्ष ३६२ दिनको उमेरमा यमलले यस हप्ताको सुरुमा फ्रान्सविरुद्ध म्युनिखमा भएको सेमिफाइनलको २१औँ मिनेटमा गोल गर्दै युरोमा सबैभन्दा कान्छो गोलकर्ता बनेका थिए।
यमलको उत्कृष्ट प्रदर्शनका बाबजुद स्पेनका प्रशिक्षक लुइस डे ला फ्युएन्टेले उनलाई इङ्ल्यान्डविरुद्धको सम्पूर्ण समय खेल खेलाउन सक्ने छैनन्।
जर्मनीको श्रम कानूनअनुसार १८ वर्ष मुनिका युवाले कुनै पनि दिन बेलुका ८ बजे (स्थानीय समय) पछि काम गर्न पाउँदैनन्। एथलीट (खेलाडी)हरूका लागि थोरै फाइदा छ, जसलाई ११ बजेसम्म ‘काम’ गर्न अनुमति दिइन्छ।
स्पेन र इंग्ल्याण्ड युरो २०२४को फाइनल जुलाई १४ मा स्थानीय समयअनुसार राति ९ बजे सुरु हुनेछ। यस्तो अवस्थामा स्पेनले लामिन यामलसँग खेल्नका लागि पहिलो ६० मिनेटको समय पाउनेछ।
यसपछि पनि टोलीले लामिन यामललाई मैदानबाट बाहिर नबोलाएमा जर्मन लेबर कानून बमोजिम स्पेनिस फुटबल संघलाई ३० हजार युरो अर्थात् करिब ४३ लाख ७२ हजार रुपैयाँ जरिवाना हुनेछ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया