‘महामन्त्री र प्रवक्ताबाट मलाई कसैले हटाउन सक्दैन’ (लाइभ)

राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री मुकुल ढकालले बुधबार पत्रकार सम्मेलनमार्फत् सभापति रवि लामिछानेको चर्को आलोचना गरेका छन्। उनले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीबाट कसैले पनि हटाउन नसक्ने जिकिर गरेका छन्।

‘अहिले पनि नयाँ गठबन्धनको सरकारमा जान पाइहालिन्छ कि भनेर ढुकेर बसेका मान्छेहरू पार्टीमा छन्’, कारबाहीपछि उनले भने ‘प्रचण्ड, ओली र देउवाको शैली मन पर्ने मान्छेलाई मेरो शैली नराम्रो लाग्नसक्छ। अहिले भएको यत्ति हो।’

उनले पार्टीभित्र सभापति रवि लामिछानेको शैली निरंकुश हुँदै गएको भन्दै आफूले केन्द्रीय समितिको बैठक लाइभ गर्ने प्रस्ताव गरेको बताएका छन्।

प्रकाशित मिति: : 2024-07-10 15:16:00

प्रतिकृया दिनुहोस्