२१ अंकले बढ्याे नेप्से

Break n Links
Break n Links

नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। आइतबार नेप्से २१.२७ अंकले बढेर २१४०.९७ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ।

आज ३२५ कम्पनीको ८० हजार ८३८ कारोबारमा ६ अर्ब २९ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

आज सिईडिसी हाइड्रोको सबैभन्दा बढी ५.२५ प्रतिशत शेयर मुल्य बढेको छ भने मैलुङखोला जलविद्युत् कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ।

आज कारोबारको हिसाबले सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट बैनको २१ करोड ७१ लाख कारोबार भएको छ।

प्रकाशित मिति: : 2024-07-07 16:29:00

प्रतिकृया दिनुहोस्