‘संविधानका केही विषयलाई सुधार गर्नुपर्ने भएकाेले काँग्रेस-एमालेबीच सहकार्य भयाे’

Break n Links
Break n Links

नेकपा एमालेका सचिव योगेश भट्टराईले देश अप्ठ्यारो अवस्थामा पुगेको बेला काँग्रेस- एमाले एक ठाउँमा आउने गरेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै भट्टराईले विगतमा देश अप्ठ्यारोमा परेको बेलामा काँग्रेस-एमाले एक ठाउँमा आउने गरेको स्मरण गर्दै अहिले पनि देश कठिन अवस्थामा भएकोले काँग्रेस-एमाले एक ठाउँमा आएको बताएका हुन्।

देश आर्थिक रुपमा संकटमा रहेको, संविधानका केही विषयलाई सुधार गरेर अगाडि जानुपर्ने परिस्थिति बनेकोले काँग्रेस-एमालेबीच सहकार्य भएको स्पष्ट गरेका छन्।

पुष्पकमल दाहाल प्रचण्डलाई अवसर दिन आफूहरु सरकारमा लो-प्रोफाइलमा बसेर सहयोग गरेको बताउँदै उनले प्रधानमन्त्रीले त्यस सहयोगलाई दुरुपयोग गर्दै राष्ट्रिय सरकार बनाउन पहल सुरु गरेको आरोप लगाए।

उनले देशभित्र आत्मविश्वास बढाउन, संकटग्रस्त अर्थतन्त्रलाई लयमा ल्याउनका लागि, विदेशिने युवालाई स्वदेशमै अवसर सिर्जना गर्न र अन्तर्राष्ट्रिय स्तरमा नेपालको बारेमा विश्वास बढाउन काँग्रेस- एमाले मिलेर काम गर्ने बताए।

उनले प्रधानमन्त्री प्रचण्ड घोर अल्पमतमा रहेको बताउँदै संवैधानिक सर्वोच्चता स्वीकार गरेर राजीनामा गर्न आग्रह गरेका छन्।

प्रधानमन्त्रीले विश्वास गुमाइसकेको अवस्थामा यसै संसदबाट राजीनामा गर्नु नै सही निर्णय हुने बताए। साथै उनले असार २८ गते विश्वासको मत लिनुको कारण के हो? भन्दै प्रश्न गरे।

प्रकाशित मिति: : 2024-07-07 13:34:00

प्रतिकृया दिनुहोस्