काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

Break n Links
Break n Links

नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (बुधबार) बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निजी निवास, बूढानीलकण्ठमा बस्दैछ। उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरूको उपस्थिति हुने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

काँग्रेस र एमालेबीच नयाँ गठबन्धन बनाउने सहमतिपछि काँग्रेसले सो सहमतिको अनुमोदनका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको बताइएको छ।

प्रकाशित मिति: : 2024-07-03 08:01:00

प्रतिकृया दिनुहोस्