राेल्पामा जिप दुर्घटनामा ८ जनाकाे मृत्यु

रोल्पामा जिप दुर्घटना हुँदा ८ जनाकाे मृत्यु भएकाे छ। दुर्घटनामा ६ जना घाइते भएका छन्।

मृत्यु हुनेमा एक बालकसहित ८ जना भए पनि उनीहरूकाे परिचय खुल्न बाँकी छ। 

माडी गाउँपालिका २ घर्तीगाउँबाट माडी ४, तलाबाङ जाँदै गरेको लु.१ज ३२५२ नम्बरको जिप परेवा छहरामा सोमबार दिउँसो दुघर्टना भएको हाे। 

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार घाइतेहरुलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र घर्तीगाउँमा पठाएको छ। 


दुर्घटनामा घाइतेहरूको अवस्था चिन्ताजनक छ। जिप सडकबाट करिब ४ सय मिटर तल खसेको बताइएकाे छ।

प्रकाशित मिति: : 2024-07-01 20:11:00

प्रतिकृया दिनुहोस्