काँग्रेस सभापति शेरबहादुर देउवा पत्निसमेत रहेकी काँग्रेस नेत्री आरजु राणाले समाचारमार्फत आफ्नाे चरित्र हत्या भएकाे भन्दै कारबाहीका लागि प्रेस काउन्सिललाई पत्र लेखिकी छन्।
नेत्री राणाले टेलिभिजनसहित ९ वटा सञ्चार माध्यमका नाम उल्लेख गरी ती सञ्चार माध्यमलाई कारबाही गर्न मागसहित प्रेस काउन्सिलमा पत्र लेखेकी हुन्।
उनका स्वकीय सचिव कमल रावलकाे हस्ताक्षर रहेकाे पत्रमा भनिएकाे छ, ‘माननीय आरजु राणा देउवालाई जोडेर प्रकाशन/प्रशारण भएका समाचारहरु तथ्यहिन, भ्रामक र उहाँको चरित्र हत्या गर्ने मनसयले प्रकाशित भएकाले यसका सम्पादक, प्रकाशक र समाचार तयार गर्ने सञ्चारकर्मीहरुलाई कानुनअनुसार कारबाही गरी उक्त भ्रामक समाचार हटाउन निर्देशन दिन अनुरोध गर्दछु।’
ती ९ वटा सञ्चार माध्यमहरुमा याेहाे टिभी, सगरमाथा टिभी, न्युज २४ नेपाल, प्राइम टाइम एचडी, कान्तिपुर टिभी एचडी, एकता टिभी नेपाल, नेपाली खबर टिभी, खाेजीनिति खबर र कलर्स अफ नेपाल रहेका छन्।