४ बुँदे माग राखेर मन्त्रालयमै धर्ना बसे कृषिका कर्मचारी

Break n Links
Break n Links

६ वर्षदेखि बढुवा नभएकाे भन्दै नेपाल कृषि सेवातर्फका कर्मचारीहरू आन्दोलित भएका छन्।

उनीहरूले सिंहदरबारस्थित कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा आइतबारदेखि आन्दोलन थालेका हुन्।

४ बुँदे माग राखेर कर्मचारीहरूले मन्त्रालयको मूल ढोकामै बसेर धर्ना दिइरहेका छन्।

दरवन्दी राजीनामा, अनिवार्य अवकाशलगायतका कारणबाट रिक्त हुँदासमेत पदपूर्ति नहुँदा विगत ६ वर्षदेखि वृत्ति विकासको अवसर पाउनुपर्ने संवैधानिक तथा कानुनी अधिकारबाट समग्र कृषि प्राविधिक बञ्चित हुनुपरेको उनीहरूले बताएका छन्।

संघमा समायोजन भएका कृषि सेवाअन्तर्गत कृषि तर्फका पुल दरवन्दीमा रहेको ३२८ जनासमेतको स्थायी दरबन्दी कायम गरी रिक्त पदमा नियमित पदपूर्ति हुने व्यवस्था गर्नुपर्ने उनीहरूकाे माग छ।

यसैगरी उनीहरूले संघमा समायोजन भएका कृषि सेवाअन्तर्गत कृषितर्फका प्राविधिक कर्मचारीहरुको न्यायोचित वृत्ति विकास सुनिश्चित हुनुपर्ने माग गरेका छन्।

कृषि सेवाको कृषितर्फका समूहको हकमा सम्मानित सर्वोच्च अदालतबाट रिक्त रहेको पदमा पदपूर्ति हुन भएको परमादेश कार्यान्वयन हुनुपर्ने उनीहरूकाे माग रहेकाे छ।

त्यस्तै उनीहरूले नेपालको संविधान र कार्यविस्तृतिकरण प्रतिवेदनमा उल्लेख भएअनुसार संघीय निकायको कार्यविवरणको आधारमा उपयुक्त संगठनात्मक संरचना निर्माण गर्न माग गरेका छन्।

प्रकाशित मिति: : 2024-07-01 11:37:00

प्रतिकृया दिनुहोस्