२० सहकारीलाई कागजात उपलब्ध गराउन पत्राचार गर्ने छानबिन समितिकाे निर्णय

Break n Links
Break n Links

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले कार्यादेशमा समावेश २० सहकारीलाई कागजात उपलब्ध गराउन पत्रचार गर्ने भएकाे छ।

आइतबार बसेकाे समितिकाे साताैँ बैठकले साे निर्णय गरेकाे समिति सभापति सूर्य थापाले जानकारी दिए।

‘कार्यादेशको अनुसूचि- १ मा समावेश २० वटा सहकारीसँग सम्बन्धित कागजातहरू उपलब्ध गराउन सम्बन्धित निकायहरूमा पत्राचार गर्ने’, थापाले बैठककाे निर्णय सुनाए।

बैठकमा डा. युवराज खतिवडा, गौरीबहादुर कार्की र राधाकृष्ण मैनाली पनि सहभागी थिए।

उनीहरु यसअघि बनेका सहकारी अनुसन्धानसम्बन्धी कार्यदलहरुमा काम गरेकाे व्यक्तिहरु हुन्। उनीहरुले बैठकमा सहकारी समस्या र हाल उत्पन्न समस्या समाधानबारे सुझाव प्रस्तुत गरेका थिए।

प्रकाशित मिति: : 2024-06-30 16:38:00

प्रतिकृया दिनुहोस्