सहकारीको ६ अर्ब बढी रकम ठगी गरेर भागेका काँग्रेस नेतासहित ४ जना पक्राउ

शनि शाक्य

काठमाडौं
Break n Links
Break n Links

२२ हजार बचतकर्ताको ६ अर्ब ३० करोड बढी रकम ठगी गरेर फरार भएका ललितपुरको पुल्चोकस्थित लालीगुराँस सहकारीका अध्यक्ष, सञ्चालक तथा व्यवस्थापकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

२०८० चैत १ गते जिल्ला प्रहरी कार्यालय ललितपुरमा ठगीसम्बन्धी कसुरमा मुद्धा दर्ता भएपछि फरार रहेका उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार र शनिबार काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सहकारीका अध्यक्ष अमरदास श्रेष्ठ, सचिव सुरेन्द्र भण्डारी, कोषध्यक्ष अमृतकुमार अर्याल र सदस्य कदमबाबा जोशी प्रधान रहेका छन्।

३१ वर्ष नेपाल बैंक लिमिटेडकाे मुख्य कार्यालय न्युरोडमा चिफ म्यानेजरको रुपमा काम गरेका श्रेष्ठ २०६१ सालमा लालीगुराँस सहकारी संस्थाको सचिवको रुपमा प्रवेश गरेका थिए। २०६४ सालमा संस्थाको उपाध्यक्ष भएर ८ वर्ष काम गरेका श्रेष्ठ २०७४ सालदेखि अध्यक्षको रुपमा कार्यरत रहेका थिए।

त्यस्तै काँग्रेसका नेतासमेत रहेका भण्डारी २०६५ सालदेखि हालसम्म निरन्तर रुपमा लालीगुराँस सहकारी संस्था पुल्चोकमा विभिन्न पदमा रहेर काम गर्दै आएका व्यक्ति हुन्।

२०६५ असोजमा लालीगुराँस सहकारी संस्थामा म्यानेजरका रुपमा प्रवेश गरेका उनी सञ्चालक सदस्य हुँदै लालीगुराँस सहकारीको प्रमुख कार्यकारी अधिकृत तथा सचिवको रुपमा काम गर्दै आइरहेका थिए।

उनले सहकारी राष्ट्रिय विकास बोर्ड र राष्ट्रिय सरकारी महासंघमा पनि वरिष्ठ सञ्चालक पदमा रहेर ६ वर्षसम्म काम गरेको खुलेको छ।

प्रकाशित मिति: : 2024-06-30 14:00:00

प्रतिकृया दिनुहोस्