बढ्याे सुनको मूल्य

आज नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ।

आइतबार सुनको मुल्य तोलामा २ सयले बढेर तोलाको १ लाख ४२ हजार रूपैयाँमा कारोबार भएको छ।

यसअघि शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ४१ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ३ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य भने आज स्थिर रहेको छ। चाँदी प्रतितोला १७९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति: : 2024-06-30 11:53:00

प्रतिकृया दिनुहोस्