केयर गिभर तालिम लिएका प्रशिक्षार्थीकाे विवरण उपलब्ध गराउन विभागकाे निर्देशन

वैदेशिक राेजगार विभागले तालिम प्रदायक संस्थाहरुलाई आफ्नाे संस्थाबाट केयर गिभर तालिम लिएका प्रशिक्षार्थीहरुकाे विवरण उपलब्ध गराउन निर्देशन दिएकाे छ।

विभागले शुक्रबार विज्ञप्ति जारी गर्दै आफ्नाे संस्थाबाट केयर गिभर तालिम लिएकाे प्रशिक्षार्थीहरुकाे विवरण तीन दिनभित्र बुझाउन निर्देशन दिएकाे हाे।

‘वैदेशिक राेजगार विभागबाट केयर गिभरकाे तालिम प्रदान गर्न इजाजतपत्र प्राप्त सम्पूर्ण तालिम प्रदायक संस्था तथा केयर गिभरकाे तालिम अनुमति प्राप्त गरी सिटिइभिटिइलगायत नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदान गरेका संस्थाहरु भए साे संस्थाहरु समेतले प्रारम्भदेखि हालसम्म केयर गिभर तालिम लिएका प्रशिक्षार्थीकाे विवरण तीन दिनभित्र उपलब्ध गराउन अनुराेध छ’, विभागले भनेकाे छ।

विभागले साे विवरण israelsec@dofe.gove.npमा अनिवार्य पठाउन भनेकाे छ।

विवरणमा प्रशिक्षार्थीकाे नाम/थर, ठेगाना, पासपाेर्ट नम्बर (भएमा), तालिम दिएकाे अवधि, प्रमाणपत्र जारी भएकाे मिति अनिवार्य उल्लेख गर्न भनेकाे छ।

विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा राेजगारीका लागि पठाउन ८ सय जना नेपाली सहायक कामदारकाे मागसहित आवेदन खुलाएकाे छ। उक्त आवेदन दिन चाहने नेपालीले कम्तिमा अनिवार्य केयर गिभरकाे तालिम लिएकाे हुनुपर्ने उल्लेख गरेकाे छ। साे तालिम भर्ने क्रममा हुने सक्ने भनसुन तथा ठगीलाई लक्षित गर्दै विभागले तालिम प्रदायक संस्थाहरुलाई विवरण उपलब्ध गराउन निर्देशन दिएकाे हाे।

प्रकाशित मिति: : 2024-06-28 20:50:00

प्रतिकृया दिनुहोस्