एसइईको नतिजा भाेलि मात्र सार्वजनिक गरिने

File Photo
File Photo

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार मात्रै सार्वजनिक गर्ने भएकाे छ।

बोर्डका अनुसार सम्पूर्ण पूरा भइसकेकाे र भोलि बिहान ९ बजेभित्र नतिजा सार्वजनिक गरिने छ।

यस वर्ष एसईईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए।

यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई एनजी उल्लेख गरिने भएको छ।

गत चैत १५ गतेदेखि सुरु भएको एसईईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए। 

प्रकाशित मिति: : 2024-06-26 15:41:00

प्रतिकृया दिनुहोस्