बंगलादेशलाई हराउँदै अफगानिस्तान सेमिफाइनलमा

Break n Links
Break n Links

बंगलादेशलाई हराउँदै अफगानिस्तानले सेमिफाइनलमा प्रवेश गरेको छ।

सुपर–एटको अन्तिम खेलमा बंगलादेशलाई डीएलएस मेथडमा ८ रनले हराउँदै अफगानिस्तान आइसीसी टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हाे।

अफगानिस्तानको जितसँगै अष्ट्रेलियाको सेमिफाइनल पुग्ने आशा समाप्त भएको छ। त्यस्तै, बंगलादेशलाई हराउँदै अफगानिस्तानले विश्वकप इतिहासमा पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको छ।

अफगानिस्तानले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको बंगालदेशले १७.५ ओभरमा १ सय ५ रन बनाउँदा अलआउट भयो।

बंगलादेशका ओपनर लिटोन दास ५४ रनमा नटआउट रहे। उनले ४९ बलमा ५ चौका र १ छक्का हाने। तोहिड ह्दोयले १४ र सौम्य सरकारले १० रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर बढाउन सकेनन्।

अफगानिस्तानका रासिद खान र नविन उल हकले समान ४ विकेट लिए। फजहक फारुकी र गुलाबीदिन नैवले समान १ विकेट लिए। 

अफगानिस्तानका ओपनर रहमुल्लाह गुरवाजले बनाएको ४३ रन नै अफगानिस्तानका लागि सर्वाधिक रह्यो। उनले ५५ बलमा ३ चौका र १ छक्का हाने। अर्का ओपनर इब्राहिम जड्रानले २९ बलमा १ चौका सहयोगमा १८ रन बनाए। 

कप्तान रासिद खान १९ र करिम जनत ७ रनमा नटआउट रहे। त्यस्तै, अज्मतुल्लाह ओमरजाइले १० रन थपे। बंगलादेशका लागि रिसद होसैनले ३ विकेट लिए। मुस्तफिजुर रहमान र ताक्सिन अहमदले समान १ विकेट लिए।

प्रकाशित मिति: : 2024-06-25 11:04:00

प्रतिकृया दिनुहोस्