अस्ट्रेलियालाई हराउँदै भारत सेमिफाइनलमा, अफगानिस्तनाकाे सम्भावना मजबुद

Break n Links
Break n Links

अस्ट्रेलियालाई २४ रनले पराजित गर्दै भारत आइसिसी टी- २० विश्वकपकाे सेमिफाइनलमा प्रवेश गरेकाे छ।

साेमबार राति २०६ रनकाे लक्ष्य पछ्याएकाे अस्ट्रेलियालाई निर्धारित २० ओभरमा १८१ रनमा सीमित गर्दै भारत विजयी भएकाे हाे।

भारतले दिएकाे उक्त लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाका ट्रेबिस हेडले ७६ रनकाे अर्धशकीय इनिङ खेले पनि त्याे जितका लागि पर्याप्त भएन।

त्यस्तै कप्तान मिचेल मार्शले ३७ तथा ग्लेन म्याक्सवेलले २० रन जाेडेका थिए।

अस्ट्रेलियालाई हराउन अशर्दीप सिंहले ३ र कूलदीप यादवले २ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेकाे भारतले निर्धारित २० ओभमा ५ विकेट गुमाउँदै २०५ रन बनाएकाे थियाे।

उक्त याेगफल तयार पार्न कप्तान राेहित शर्माले ९२, सूर्यकुमार यादवले ३१, शिवम् दुबेले २८ र हार्दिक पाण्ड्याले २७ रन जाेडेका थिए।

अस्ट्रेलियाका मिचेल स्टार्क र मार्कस स्टाेनिसले २-२ विकेट लिएका थिए।

याे हारपछि अस्ट्रेलियाकाे सेमिफाइनल यात्रा कमजाेर बनेकाे छ।

सुपर-एटकाे अन्तिम खेलमा साेमबार बिहान अफगानिस्तान र बङ्गलादेश भिड्ने छन्। उक्त खेलमा विजयी भएमा अफगानस्तान स्वत: सेमिफाइनलमा जानेछ। भने, बङ्गलादेश विजयी भएमा रनरेटका आधारमा सेमिफाइनल पुग्ने टाेलीकाे टुङ्गाे लाग्नेछ।

अर्काे समूहबाट इङ्ल्याण्ड र दक्षिण अफ्रिका सेमिफाइनलमा पुगिसकेका छन्।

अब भारतले २७ जुनकाे साँझ इङ्ल्याण्डसँग सेमिफाइनल खेल खेल्नेछ। भने, समूह-१ काे विजेता टाेलीले साेही दिन बिहान दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति: : 2024-06-25 00:00:00

प्रतिकृया दिनुहोस्