सरकारले वरिष्ठ सचिव लीलादेवी गड्तौलालाई कामु मुख्यसचिवको जिम्मेवारी दिएको छ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी वरिष्ठ सचिव गड्तौलालाई कामु मुख्यसचिवको जिम्मेवारी दिने निर्णय गरेकाे हो।
गड्तौलाले अर्को मुख्यसचिव नियुक्त नभएसम्म कामु मुख्यसचिवको जिम्मेवारी सम्हाल्ने छिन्।
त्यस्तै सरकारले निलम्बित मुख्यसचिव बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा विशेष पद सिर्जना गरेर सरुवा गर्ने निर्णय गरेकाे छ।
अर्यालले राजीनामा नदिएपछि उनलाई विशेष पद सिर्जना गरेर योजना आयोगमा लगिएको हो।