बिएल संवाददाता
भ्रष्टाचार अभियोग लागेका मुख्यसचिव बैकुण्ठ अर्याल निलम्बनमा परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार अर्यालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेसँगै उनी स्वतः निलम्बनमा परेका हुन्।
अन्तःशुल्क स्टिकर छपाईमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले अर्यालसहित १२ जना सरकारी कर्मचारीविरुद्ध मुद्दा दर्ता गरेकाे छ।
अख्तियारले जनही ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रुपैयाँ बिगो मागदाबी गरेकाे छ।
भ्रष्टाचारसम्बन्धी मुद्दा दायर भएलगत्तै निजामती कर्मचारी स्वतः निलम्बनमा पर्ने कानुनी व्यवस्था छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ अनुसार मुख्यसचिव अर्याल स्वतः निलम्बित भएका हुन्।
अर्याल निलम्बित भएसँगै अब नयाँ मुख्यसचिवको चयन प्रक्रिया अघि बढ्नेछ। मुख्यसचिवको चयन वरिष्ठताको आधारमा हुनेछ। जसमा वरीयताक्रमअनुसार तोयनारायण ज्ञवाली, रामकृष्ण सुवेदी, दिनेश भट्टराई, एकनारायण अर्याल सबैभन्दा अगाडि छन्।
योजना आयोगमा रहेका ज्ञवालीकाे कार्यकाल डेढ महिना मात्र बाँकी छ। माओवादीनिकट मानिएका सुवेदी हाल सञ्चार मन्त्रालयमा छन्। उनी पनि आगामी फागुनमा अवकाश हुँदैछन्।
यसैगरी तेस्रो नम्बरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई छन्।
चौथो नम्बरमा रहेका गृहसचिव एकनारायण अर्याल सरकारले कार्य सम्पादन र बाँकी सेवा अवधिको हिसाबले यी चार जनामध्येबाट एक जनालाई तत्काल मुख्यसचिवको जिम्मेवारी दिने सम्भावना बढी छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया