बिएल संवाददाता
भ्रष्टाचार अभियोग लागेका मुख्यसचिव बैकुण्ठ अर्याल निलम्बनमा परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार अर्यालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेसँगै उनी स्वतः निलम्बनमा परेका हुन्।
अन्तःशुल्क स्टिकर छपाईमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले अर्यालसहित १२ जना सरकारी कर्मचारीविरुद्ध मुद्दा दर्ता गरेकाे छ।
अख्तियारले जनही ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रुपैयाँ बिगो मागदाबी गरेकाे छ।
भ्रष्टाचारसम्बन्धी मुद्दा दायर भएलगत्तै निजामती कर्मचारी स्वतः निलम्बनमा पर्ने कानुनी व्यवस्था छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ अनुसार मुख्यसचिव अर्याल स्वतः निलम्बित भएका हुन्।
अर्याल निलम्बित भएसँगै अब नयाँ मुख्यसचिवको चयन प्रक्रिया अघि बढ्नेछ। मुख्यसचिवको चयन वरिष्ठताको आधारमा हुनेछ। जसमा वरीयताक्रमअनुसार तोयनारायण ज्ञवाली, रामकृष्ण सुवेदी, दिनेश भट्टराई, एकनारायण अर्याल सबैभन्दा अगाडि छन्।
योजना आयोगमा रहेका ज्ञवालीकाे कार्यकाल डेढ महिना मात्र बाँकी छ। माओवादीनिकट मानिएका सुवेदी हाल सञ्चार मन्त्रालयमा छन्। उनी पनि आगामी फागुनमा अवकाश हुँदैछन्।
यसैगरी तेस्रो नम्बरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई छन्।
चौथो नम्बरमा रहेका गृहसचिव एकनारायण अर्याल सरकारले कार्य सम्पादन र बाँकी सेवा अवधिको हिसाबले यी चार जनामध्येबाट एक जनालाई तत्काल मुख्यसचिवको जिम्मेवारी दिने सम्भावना बढी छ।
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया