बिएल संवाददाता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव बैकुण्ठ अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेकाे छ।
अन्तःशुल्क स्टिकर छपाईमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले अर्यालसहित १२ जना सरकारी कर्मचारीविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरेकाे हाे।
अख्तियारले जनही ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रुपैयाँ बिगो मागदाबी गरेकाे छ। शुक्रबार आयोगले मुख्यसचिव अर्याल सञ्चार सचिव हुँदा गरेको निर्णयले मुलुकको राज्यकोषमा हानि नोक्सानी पुगेको निचोड निकालेको थियो।
विशेष अदालतमा पेश गरिएको अभियोगपत्रमा टंक पाण्डे, हरिबल्लब घिमिरे, विकल पौडेल, गणेशविक्रम शाही, रितेश शाक्य, सफल श्रेष्ठ, रवीन्द्रप्रसाद पौडेल, विष्णुप्रसाद गौतम, केशव शर्मा र शक्तिप्रसाद श्रेष्ठलाई प्रतिवादी बनाइएको छ।
अदालतमा भ्रष्टाचार मुद्दा दायर भएसँगै अर्याल स्वतः निलम्बनमा परेका छन्। अब प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का सचिवलाई कार्यवाहकको जिम्मेवारी दिनेछन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया