बिएल संवाददाता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव बैकुण्ठ अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेकाे छ।
अन्तःशुल्क स्टिकर छपाईमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले अर्यालसहित १२ जना सरकारी कर्मचारीविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरेकाे हाे।
अख्तियारले जनही ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रुपैयाँ बिगो मागदाबी गरेकाे छ। शुक्रबार आयोगले मुख्यसचिव अर्याल सञ्चार सचिव हुँदा गरेको निर्णयले मुलुकको राज्यकोषमा हानि नोक्सानी पुगेको निचोड निकालेको थियो।
विशेष अदालतमा पेश गरिएको अभियोगपत्रमा टंक पाण्डे, हरिबल्लब घिमिरे, विकल पौडेल, गणेशविक्रम शाही, रितेश शाक्य, सफल श्रेष्ठ, रवीन्द्रप्रसाद पौडेल, विष्णुप्रसाद गौतम, केशव शर्मा र शक्तिप्रसाद श्रेष्ठलाई प्रतिवादी बनाइएको छ।
अदालतमा भ्रष्टाचार मुद्दा दायर भएसँगै अर्याल स्वतः निलम्बनमा परेका छन्। अब प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का सचिवलाई कार्यवाहकको जिम्मेवारी दिनेछन्।
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया