८ देशमा राजदूत सिफारिसः अमेरिकामा चन्द्र, भारतमा लोकदर्शन

Break n Links
Break n Links

मन्त्रिपरिषद् बैठकले रिक्त रहेका ११ मध्ये ८ देशका लागि राजदूत सिफारिसको निर्णय गरेको छ।

सरकारले अमेरिकामा पूर्वसचिव चन्द्र घिमिरेलाई पठाउने निर्णय गरेको छ। भारतमा पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी, दक्षिण कोरियामा सुशील प्याकुरेल पठाउने भएको छ।

रेग्मी यसअघि बेलायतका लागि सिफारिस भएका थिए। राजदूत सिफारिस भएका प्याकुरेल राष्ट्रिय मानव अधिकार आयोगका पूर्वसदस्य हुन्।

यस्तै सुम्निमा तुलाधर डेनमार्क, विजय पन्त बेलायत, पुष्पराज रन्जितकार स्पेन, नेत्रप्रसाद तिम्सिना मलेसिया र अबुसुफ्यान खान मुसलमान साउदी अरबका लागि राजदूत सिफारिस भएका छन्।

तुलाधर र तिम्सिना सामाजिक आन्दोलनमा सक्रिय छन्। तुलाधर मानव अधिकारवादी नेता पद्मरत्न तुलाधरकी छोरी पनि हुन्। पन्त विकास मामिला जानकार हुन्। यस्तै राजकर्णिकार राष्ट्रिय योजनाका पूर्वसदस्य हुन्।

तिम्सिना गैरसरकारी संस्था महासंघ नेपालका पूर्वअध्यक्ष हुन्। उनी अति कम विकसित देशहरू (एलडीसी) का नागरिक संस्थाहरूको अन्तर्राष्ट्रिय आन्दोलनमा सहभागी सहभागी छन्। उनले नेपाल रेडक्रस सोसाइटीको पनि नेतृत्व गरिसकेका छन्।

प्रकाशित मिति: : 2024-06-21 20:05:00

प्रतिकृया दिनुहोस्