शिक्षामन्त्रीले कडाइ गरेपछि ८२५ शिक्षकले राजनीति त्यागे, २० जनाले जागिर

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले कडाइ गरेपछि ८२५ जना शिक्षकले राजनीतिक सदस्यता त्यागेका छन्।

शिक्षा मन्त्रालयले शिक्षा ऐन २०२८लाई कार्यान्वयन गर्न राजनीतिक दलमा आबद्ध शिक्षकलाई सदस्यता त्याग्न आव्हान गरेकाे थियाे। उक्त आव्हानपछि ८२५ शिक्षकले राजनीतिक आबद्ध त्यागेकाे र २० शिक्षकले शिक्षण पेसा नै त्यागेकाे मन्त्रालयले जनाएकाे छ।

त्यस्तै यस सन्दर्भमा ४५ जना शिक्षकविरुद्ध उजुरी परेकाेमा ४१ जनालाई स्पष्टीकरण साेधिएकाे र ४ जना सफाइ दिएकाे मन्त्रालयले जनाएकाे छ।

मन्त्रालयले याे तथ्यांक निर्वाचन आयाेगबाट लिइएकाे जनाएकाे छ।

प्रकाशित मिति: : 2024-06-20 09:30:00

प्रतिकृया दिनुहोस्