सिरहाको कमलादेखि सप्तरीको कञ्चनपुरसम्म पूर्वपश्चिम राजमार्गअन्तर्गत गोलबजारको पश्चिम धर्मकाँटानजिक बीचसडकमा विद्युत्को पोल नहटाई गरिएको कालोपत्र सडक।
नेपाल विद्युत् प्राधिकरणले समयमै पोल नहटाएपछि सडक निर्माणको ठेक्का लिएको चाइना रेल्वे २ इन्जिनियरिङ ग्रुपले त्यो राखेरै सडक कालोपत्र गरेको हो।