बिएल संवाददाता
भारतको महाराष्ट्र राज्यमा भिडियो ‘रिल’ बनाउने क्रममा एक युवतीको मृत्यु भएको छ।
छत्रपति संभाजीनगरकी २३ वर्षीया युवती श्वेता दीपक सुरवासेको रिल बनाउने क्रममा कार खाल्डोमा खस्दा घटनास्थलमै मृत्यु भएको अधिकारीहरूले जनाएका छन्।
उनी सुलिभञ्जनस्थित दत्त मन्दिर नजिकैको पहाडमा डाइभिङ सिकिरहेकी थिइन्। उनका २५ वर्षीय साथी सुरज सञ्जाउ मुलेले मोबाइल फोनमार्फत् भिडियो ‘रिल’ बनाइरहेका थिए।
कार दुर्घटना हुनुअघिको केही सेकेन्ड भिडियो यतिबेला भाइरल भइरहेको छ। त्यो भिडियोमा सोमबार दिउँसोतिर युवतीले कार पछाडितिर बढाउँछिन्। त्यसबेला खाल्डो र कारबीच मात्र ५० मिटरको दुरी हुन्छ।
कार पछाडिपट्टी कुदाउँदै गर्दा युवतीले ब्रेक लगाउनुको सट्टा एक्सेलेटर थिच्छिन्। भिडियो खिचिरहेका उनका साथीले ब्रेक थिच्न आग्रह गर्छन्।
युवतीले हाँकिरहेको कार एक्कासी खाल्डोतिरै जान्छ। सुरज पनि कार रोक्न दौडिन्छन्। तर त्यतिन्जेल कार खाल्डोमा खस्छ। युवतीको घटनास्थलमै मृत्यु हुन्छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया