वर्षा लाग्यो, अब हुनसक्छ यस्ता जोखिम

Break n Links
Break n Links

वर्षा लागिसक्यो। अब बाढी पहिरोको जोखिम हुन्छ। बाढी पहिरोले विशेषत पानीका मुहानहरू दूषित बनाउँछ। जसले सरुवा रोगको जोखिम हुन्छ। 

वर्षामा कस्ता जोखिम हुन्छन्? वर्षामा हुने जोखिमबाट कसरी जोगिने? केके गर्नुपर्छ? आज यही विषयमा हामी जानकारी गराउँने छौँ। 

डेंगु

वर्षको समय भनेको लामखुट्टे बढ्ने समय हो। यसबाट विभिन्न सरुवा रोगको जोखिम हुन्छ। डेंगुको बिरामी अब तराईमा मात्र होइन। पहाडी क्षेत्रमा पनि देखिन थालेका छन्। डेंगुलाई फैलाउने एक कारण लामखुट्टे हो।

लामखुट्टेबाट बाँच्न घरको वरिपरि खल्डाखुल्डालाई पुरिदिनुपर्छ। साथै सरफाइमा ध्यान दिनुपर्छ।

हैजा

झाडापाखालको प्रमुख समस्या भनेको हैजा हो। हैजाको  कारणले मानिसको मुत्यु पनि हुन सक्छ। बान्ता हुने, वाकवाक लाग्ने, पेट दुख्ने, हातखुट्टा बाँउडिने यसका लक्षणहरू हुन्।

ज्वरो

पछिल्लो समयमा मनसुनको पानीले मानिसलाई भिजायो भने ज्वरो आउने, रुघाखोकी लाग्ने गर्छ। वर्षाको समयमा कीटजन्य, पानीजन्य र सरुवारोगमा ज्वरोको लक्षण देखिन्छ।

तर, त्यो बाहेक कारण थाहा नै नभएको ज्वरोका बिरामी पनि गर्मी र वर्षातको समयमा बढी हुने गर्छन्।

सर्पदंश

वर्षाको समय भनेको सर्पहरू देखिने हो। वर्षाको समयमा सर्पका टोकाइका बिरामी ह्वातै बढ्छन्। सर्पले टोक्दा मानिसको मष्तिकामा, हृदयमा असर परेको हुन्छ। 

सकेसम्म सर्पले टोक्ने बितिकै स्वास्थ्य चौकीमा तुरुन्तै जानुपर्छ। 

झाडापखाला

झाडा–पखालाको मुख्य कारण दूषित पानी र खराब खानपान हो। दूषित पानीले विभिन्न संक्रमण फैलाउन सक्छ। वर्षाको समय ढल वा अन्य फोहोर मिसिएर पानीको मुहान फोहोर हुन सक्छ।

जसले झाडापखालाको संक्रमण फैलाउने जोखिम रहन्छ। त्यहीकारण उमालेको वा निर्मुलीकरण गरेको शुद्ध पानी मात्रै पिउनुपर्छ।

वर्षामा हुने संक्रामक रोगबाट कसरी बच्ने?

–उमालेको वा निर्मुलीकरण गरेको पानी मात्रै पिउनुपर्छ।

–सरसफाइमा ध्यान दिनुपर्छ। साबुनपानीले हात पटक–पटक धुनुपर्छ।

–पोषणयुक्त खाना खानुपर्छ। झिँगा भन्किएको र बासी खानाबाट टाढा रहनुपर्छ।

–जङ्कफुड नखानु राम्रो हुन्छ। तरकारीहरू राम्रोसँग पकाएर मात्रै खानुपर्छ।

–लामखुट्टे फैलन नदिनका लागि घरवरपरका खाल्डाखुल्डी पुर्नु राम्रो हुन्छ। लामखुट्टेको टोकाइबाट बच्न झुलको प्रयोग गर्ने, पूरा बाहुला भएका कपडा लगाउनु राम्रो हुन्छ।

–बाहिर निस्कँदा मास्क प्रयोग गर्न बिर्सनु हुँदैन।

–सर्पदंशबाट बच्नका लागि गर्मी तथा वर्षातको समयमा सावधानी अपनाउनुपर्छ।

–खेतबारीमा जाँदा गमबुटको प्रयोग गर्ने, तराईतिर सुत्दा झुल लगाउनेजस्ता सावधानी अपनाउनुपर्छ। 

–राति टर्च लिएर मात्र बाहिर निस्कने, कतै जानुपर्दा जुत्ता लगाउनुपर्छ। 

(सरुवा रोग विशेषज्ञ डा. पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्।)

याे पनि...
प्रकाशित मिति: : 2024-06-21 17:22:00

प्रतिकृया दिनुहोस्