टी-२० मा छिटो विकेटको शतक पूरा गर्ने दोस्रो बलर बने सन्दीप

Break n Links
Break n Links

नेपाली क्रिकेट टीमका लेग स्पिनर सन्दीप लामिछानेले टी-२० आई क्रिकेटमा १०० विकेट पूरा गरेका छन्। सन्दीपले बंगलादेशविरुद्ध २ विकेट लिँदै १०० पूरा गरेका हुन्।

योसँगै उनी टी-२० आई क्रिकेटमा छोटो एक सय विकेट पूरा गर्ने दोस्रो खेलाडी बनेका छन्।

उनले ५४ टी-२० आई खेलमा १०० विकेट पूरा गरेका हुन्। छिटो १०० विकेट पूरा गर्ने खेलाडीको सुचीको पहिलो स्थानमा अफगानिस्तानका रसिद खानको नाममा छ। उनले ५३ खेलमा एक सय विकेट पूरा गरेका थिए।

सन्दीप टी-२० आई क्रिकेटमा १०० विकेट विकेट पूरा गर्ने पहिलो नेपाली बनेका छन्।

प्रकाशित मिति: : 2024-06-17 06:41:00

प्रतिकृया दिनुहोस्