प्राकृतिक सम्पदाहरु मानवीय अतिक्रमणको दुष्चक्रमा पर्‍याे: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुरे क्षेत्रको संरक्षणका लागि संघ, प्रदेश, स्थानीय सरकार, स्थानीय जनसमुदायको सहकार्य अपरिहार्य रहेको बताएको छ।

दशौँ चुरे संरक्षण दिवसको अवसरमा राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति र नेपाली सेनाको वन तथा वातावरण निर्देशनालयले सिरहाका मिर्चैयामा आइतबार आयोजना गरेको ‘बृहत् वृक्षारोपण’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले तराई–मधेशको जीवन रेखाको रुपमा रहेको चुरे क्षेत्रको बहुपक्षीय र संरक्षणको लागि सबै क्षेत्रले सहकार्य गरी अगाडि बढ्नुपर्ने औँल्याएका हुन्।

उनले भने, ‘चुरे पर्वतीय प्रणाली तराई-मधेशको पानिको स्रोत हो। चुरे क्षेत्रमा भएका प्रकृतिक सम्पदाहरु यसको तल्लो तटीय क्षेत्र हो। तराईमा बस्ने जनताको लागि जीवन रेखा नै हौ चुरे।’ तर, आज जान वा अन्जानमा चुरे संरक्षण क्षेत्रमा रहेका प्राकृतिक सम्पदाहरु मानवीय अतिक्रमणको दुष्चक्रमा परेकाप्रति चिन्ता व्यक्त गरे।

नेपालको पूर्व इलामदेखि पश्चिम कञ्चनपुरसम्म ३७ जिल्लामा फैलिएको चुरे पर्वत जैविक, भौगर्भिक दृष्टिकोणले कोमल र अत्यन्त सम्वेदनशिल, जैविक विभिधताले भरिएको, दुर्लभ वन्यजन्तुहरुको बासस्थान र जैविक माग रहेको बताए।

विना इन्जिनियरिङ्ग र वातावरणिय प्रभाव मूल्याकङ्गन नगरी अनियन्त्रित ढङ्गबाट निर्माण भएका भौतिक पूर्वाधार संरचनाले चुरे श्रृङ्गखला कमजोर बन्दै गएको उनको भनाई रहेको छ।

प्रधानमन्त्री दाहालका अनुसार ढुङ्गा, गिट्टी, बालुवाको संकलन र उत्खनन्ले चुरे क्षेत्रको दोहन बढेको छ। यसले नदी प्रणालिको वातावरणीय अखण्डतामा गम्भीर सङ्गट पैदा गर्दै लगेको छ। चुरे क्षेत्रमा बढ्दो जनसंख्या, अव्यस्थित बसोबास, वन अतिक्रमण, वन डढेलो, खुल्ला चरिचरन र नदीजन्य पदार्थको दोहन, अव्यस्थित भौतिक पूर्वाधारको निर्माण र भूक्षय जस्ता कारण यसको संरक्षण दिन प्रतिदिन चुनौतीपूर्ण बन्दै गएको छ।

चेरे क्षेत्रमा वातावण तथा जलवायुमैत्रि विकास नगरे हरेक वर्ष तराई मधेशमा बस्ने जनसमूदायमा बाढी, पहिरो र डुवानको चपेटमा पर्दै जाने र विकास लगानी गर्नु पर्ने बजेट र जनशक्ति विपदमा परेका नागरिकको खोज, उद्दार र राहतमा खर्च गर्नुपर्ने बाध्यता आउने प्रधानमन्त्रीले बताए।

उनले भने, ‘प्रकृति स्वच्छ भएमात्र हाम्रो जिवन सुरक्षित हुन्छ। र, प्रकृतिलाई हामीले संरक्षण गर्यौ भनेमात्र प्रकृतिले पनि हाम्रो सुरक्षा गर्ने छ। त्यसैले तराई मधेशका जनतालाई विपदबाट बचाउन चुरेक्षेत्रमा रहेका वन, वनस्पति, वन्यजन्तु र परिस्थितीय प्रणालिको प्रकृयाअनुसार स्वच्छ र स्वतन्त्र रुपमा बाँच्न दिनु पर्दछ।’

प्रधानमन्त्री दाहालले भने, ‘त्यसैले पनि तीनै तहका सरकार र राज्यका सम्पूर्ण निकायले भावि पुस्ताको बाँच्न पाउने अधिकारसमेत ख्याल गर्दै व्यवस्थित भौतिक विकासको अवधारणा अनुरुप वातावरणीय अध्ययन गरेरमात्र ढुङ्गा, गिट्टी र बालुवाको संकलन तथा उत्खनन् गर्न समेत म आज विशेष अपिल गर्न चाहन्छु।’

चुरे क्षेत्रको प्राकृतिक स्रोत संरक्षण, दिगो व्यवस्थापन, परिस्थितिजन्य सेवाको सम्वर्धन, तराई मधेशको उर्वरा शक्तिलाई कायम राख्न गल्छी, पहिरो तथा खहरे रोकथाम, नदी किनारा स्थिरिकरण, ताल तलैया तथा सिमसार व्यवस्थापन, जल पुनरभरण तथा संरक्षया, पोखरी निर्माण, नदी उकास जग्गा संरक्षण तथा वृक्षा रोपन, कृषि वन कार्यक्रम, सम्वेदनशिल क्षेत्र संरक्षण लगायतका कार्यक्रम सञ्चालन भइरहेको प्रधानमन्त्री दाहालले बताए।

सम्बाेधनकै क्रममा उनले चुरे समितिले कमला नदी र झापा जिल्लाको कन्काई नदिमा १० मिलियन बाँस रोपेर चुरे संरक्षण र यस क्षेत्रमा बसोवास गर्ने जनताको आय आर्जनमा टेवा पुर्याउने परियोजना अगाडि बढाएको जानकारी दिए। उनले परियोजना सफल बनाउन सकारको पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता जनाए।

सम्बाेधनको क्रममा प्रधानमन्त्री दाहालले प्राकृतिक स्रोतको दिगो संरक्षण तथा व्यवस्थापनतर्फ अग्रसरहुन सम्पूर्ण नेपालीहरुमा थप उत्प्रेरणा मिलोस भन्ने कामनासमेत गरे।

मधेश आउँदै सधैँ भनेजस्तै प्रधानमन्त्री दाहालले यस पटक पनि ‘मधेश आउँदा त्यसमा पनि यस क्षेत्रले मलाई २०७० को निर्वाचनमा यहिको जनताले मतदान गरेर दोस्रो पटक प्रधानमन्त्री बन्ने अवसर जुराएको हुनाले पनि म मधेशमा आउँदा त्यसमा पनि सिरहा जिल्लामा आउँदा मलाई निकै हर्ष र खुशीको महसुस हुन्छ।’

प्रकाशित मिति: : 2024-06-16 17:43:00

प्रतिकृया दिनुहोस्