गण्डकीमा फ्लोर क्रस गर्ने सांसद देवकोटालाई माओवादीले गर्‍याे कारबाही

File Photo
File Photo

नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेशका सांसद फणिन्द्र देवकोटालाई कारबाही गरेको छ।

गत साेमबार प्रदेशसभा बैठकमा फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएपछि माओवादीले शुक्रबार सांसद देवकोटालाई कारबाही गरेकाे हाे।

देवकोटालाई कारबाही गरिएको जानकारी माओवादीले प्रदेशसभा सचिवालयलाई गराइसकेको छ।

उनले 'फ्लोर क्रस' गर्दै मुख्यमन्त्रीलाई विश्वासको मत दिएपछि पाण्डे नेतृत्वकाे गण्डकी सरकार जाेगिएकाे थियाे।

देवकोटा गोरखा क्षेत्र नम्बर २ को ‘क’मा माओवादीबाट चुनाव लडेर निर्वाचित भएका थिए।

याे पनि‍‍‍‍...
प्रकाशित मिति: : 2024-06-14 16:04:00

प्रतिकृया दिनुहोस्