कांग्रेस सांसदकाे प्रस्ताव- संसद भवनभित्र मदिरा पिउने ‘बार’ बनाऔँ

Break n Links
Break n Links

नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले सिंहदरबारकाे निर्माणाधीन संसद भवनभित्र मदिरा पिउने ‘बार’ बनाउन प्रस्ताव राखेका छन्।

शुक्रबार बसेकाे प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद बजगाईले बनिरहेको संसद भवनमा 'बार' निर्माण गर्न प्रस्ताव दिएका हुन्।

‘अधिकांश माननीयहरू मदिरा पिउनुहुन्न। लन्डन स्कुल अफ इकोनोमिक्सको क्यान्टिनमा जाँदा त्यहाँ पनि बार रहेछ। त्यसको लिमिटेसन हुन्छ। सम्माननीय सभामुख महोदय, अहिले बन्दै गरेको संसद भवनभित्र विदेशी पाहुन आउँदा सोसलाइजेसन गर्ने बार निर्माण गर्ने हो कि? यसमा ध्यानाकृष्ट गर्न चाहन्छु’, उनले भने।

उनले आफूले अमेरिकामा सन् २००६ को भ्रमणको क्रममा सिनेटको अफिसमा बार देखेको बताएका थिए। 

प्रकाशित मिति: : 2024-06-14 15:30:00

प्रतिकृया दिनुहोस्