एकैदिन ४ हजारले घट्यो सुनको मूल्य

Break n Links
Break n Links

स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा  रु चार हजारले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आजका लागि प्रतितोला रु एक लाख ४१ हजार निर्धारण भएको छ। शुक्रबार छापावाला सुन तोलामा रु एक लाख ४५ हजारमा कारोबार भएको थियो।

यस्तै तेजाबी सुन तोलामा रु एक लाख ४० हजार तीन सय निर्धारण गरिएको छ। शुक्रबार तेजाबी सुन प्रतितोला रु एक लाख ४४ हजार तीन सयमा कारोबार भएको थियो।

त्यस्तै चाँदीको मूल्य तोलामा रु ७५ ले घटेको छ। शुक्रबार तोलामा रु एक हजार नौ सयमा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार आठ सय २५ निर्धारण भएको छ।

प्रकाशित मिति: : 2024-06-09 10:58:00

प्रतिकृया दिनुहोस्