‘समाचार लुकाइदिन रविले गरेको आग्रह नमान्दा सिरोहियालाई पक्राउ गरियो’ (भिडियाे)

File Photo
File Photo

कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको रकम अपचलनबारेकाे समाचार लुकाइदिन धेरै आग्रह गरेकाे आराेप लगाएका छन्।

उनले एक भिडियोमार्फत् सहकारीको ठगी जनताको माझमा ल्याउने क्रममा समाचार लुकाइदिन गृहमन्त्री लामिछानेले धेरै आग्रह गरेकाे र नमानेपछि कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको बताएका छन्।

‘यसपालि रास्वपाका रवि लामिछानेज्यू, अहिले जो गृहमन्त्री छन्। उहाँको सहकारीको ठगी जनताको माझमा ल्याउने क्रममा उहाँले धेरै अनुरोध गर्नुभयो, यो समाचार लुकाइदिनको लागि, मिलाइदिनका लागि। उहाँले पहिला आफूले गरेको पत्रकारिताजस्तो सोच्नुभयो जस्ताे लाग्याे मलाई, सेटिङ गरेर समाचार बन्छ वा लुक्छ सोच्नुभयो। उहाँलाई कति बुझाउने प्रयास गरियाे कि म्यानेजमेन्टले न्युज लेख्दैन, उहाँले याे कुरा बुझ्न सक्दै सक्नु भएन’, उनले भने, ‘गृहमन्त्रीज्युको अनुरोधमा कान्तिपुरले सेटिङ नगरेको भएर उहाँ फेरि तल्लो स्तरमा ओर्लिनुभयो र आफ्नो पदकाे दुरूपयोग गरेर झुटो केस लगाएर कान्तिपुरका अध्यक्ष मेरो बुवा कैलाश शिरोहियालाई पक्राउ गर्नुभयो।’

प्रकाशित मिति: : 2024-06-07 10:53:00

प्रतिकृया दिनुहोस्