घट्यो सुनको मुल्य, तोलामा कति?

Break n Links
Break n Links

नेपाली बजारमा सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँ पुगेको छ। यसअघि मंगलबार सुन प्रतितोला १ लाख ४२ हजार ७ सयमा कारोबार भएको थियो।

त्यसैगरी तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ५०० मा कारोबार भइरहेको छ।

महासंघका अनुसार आज चाँदीको मुल्य पनि घटेको छ। चाँदी तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ८ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति: : 2024-06-05 11:39:00

प्रतिकृया दिनुहोस्