बिएल संवाददाता
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई वंशजको नागरिकता दिने तत्कालीन प्रमुख जिल्ला अधिकारी र शाखा अधिकृतविरुद्ध पक्राउ पुर्जी जारी भएकाे छ।
जिल्ला अदालत धनुषाले तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराई र प्रतिलिपि दिने तत्कालीन शाखा अधिकृत काशिराज दाहालविरुद्ध बिहीबार पक्राउ पुर्जी जारी गरेको हाे।
नागरिकतासम्बन्धी मुद्दामा अनुसन्धानमा रहेका सिरोहियालाई बुधबार हाजिरी जमानीमा रिहा गरिएको थियाे।
सिरोहिया ९ दिनपछि हिरासतमुक्त भएलगत्तै उनलाई नागरिकता दिनेहरूमाथि अनुसन्धान प्रक्रिया अघि बढाइएको हो।
स्वास्थ्य समस्याका कारण उपचारका लागि धनुषाबाट काठमाडौँ ल्याइएका सिरोहियालाई जिल्ला प्रहरी कार्यालय ललितपुरमा बोलाएको बेला हाजिर हुने कागज गरेर जमानतमा छोडिएको थियाे।
सिरोहियालाई नागरिकतासम्बन्धी मुद्दामा अनुसन्धानका लागि जिल्ला अदालत धनुषाको आदेशमा गत जेठ ८ गते प्रहरी पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया