बिएल संवाददाता
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई वंशजको नागरिकता दिने तत्कालीन प्रमुख जिल्ला अधिकारी र शाखा अधिकृतविरुद्ध पक्राउ पुर्जी जारी भएकाे छ।
जिल्ला अदालत धनुषाले तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराई र प्रतिलिपि दिने तत्कालीन शाखा अधिकृत काशिराज दाहालविरुद्ध बिहीबार पक्राउ पुर्जी जारी गरेको हाे।
नागरिकतासम्बन्धी मुद्दामा अनुसन्धानमा रहेका सिरोहियालाई बुधबार हाजिरी जमानीमा रिहा गरिएको थियाे।
सिरोहिया ९ दिनपछि हिरासतमुक्त भएलगत्तै उनलाई नागरिकता दिनेहरूमाथि अनुसन्धान प्रक्रिया अघि बढाइएको हो।
स्वास्थ्य समस्याका कारण उपचारका लागि धनुषाबाट काठमाडौँ ल्याइएका सिरोहियालाई जिल्ला प्रहरी कार्यालय ललितपुरमा बोलाएको बेला हाजिर हुने कागज गरेर जमानतमा छोडिएको थियाे।
सिरोहियालाई नागरिकतासम्बन्धी मुद्दामा अनुसन्धानका लागि जिल्ला अदालत धनुषाको आदेशमा गत जेठ ८ गते प्रहरी पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया