सहकारी ठगी प्रकरण: आज छानबिन समिति बन्ने, कार्यादेशलाई अन्तिम रुप दिन कार्यदल बैठक बस्दै

सहकारी ठगी प्रकरणकाे अनुसन्धान गर्न बनाउने भनिएकाे संसदीय छानबिन समिति आज (मंगलबार) बन्ने भएकाे छ।

साेमबार राति प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा सम्पन्न दलहरुकाे बैठकले ७ सदस्यीय छानबिन समिति बनाउने निर्णय गरेकाे थियाे।

साेहीअनुसार कार्यादेशलाई अन्तिम रुप दिन आज बिहान ११ बजे सिंहदरबारस्थित कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा कार्यदलकाे बैठक बस्दैछ।

बैठकपछि सहकारी ठगी प्रकरणकाे अनुसन्धानका लागि औँपचारिक रुपमा संसदीय छानबिन समिति बन्नेछ। छानबिन समितिमा पाँच दलका ७ सदस्य रहने तय भएकाे छ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउनु पर्ने माग राख्दै निरन्तर संसद अवराेध गर्नुका साथै सडक केन्द्रित आन्दाेलन पनि गर्दै आइरहेकाे छ।

प्रकाशित मिति: : 2024-05-28 09:08:00

प्रतिकृया दिनुहोस्