बिएल संवाददाता
सुनसरी घटनाको विरोधमा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा गाग्दै चर्किएको प्रदर्शन नियन्त्रण बाहिर जाने जोखिमसँगै धनुषाको जनकपुरमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएको छ।
जिल्ला सुरक्षा समितिको बैठकको निर्णयपछि प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले दिउँसो साढे ३ बजेबाट लागू हुने गरी कर्फ्यू आदेश जारी गरेका हुन्।
उत्तरतर्फ लक्ष्मीनियाँ गाउँपालिका ७ को हाटबजार चोकदेखि (लक्ष्मीनियाँ गाउँपालिका–७) हुँदै पश्चिम सिनुरजोडा चोकसम्म पूर्वमा बगेवासम्म, पूर्वतर्फ बेलौनी रोड–एक, क्यू, स्टीलबाट ५०० मिटर पूर्व पेट्रोल पम्प शहुलाकी सडक देखि राष्ट्रिय प्राथमिक विद्यालयसम्म, दक्षिणमा नगराइन नगरपालिकादेखि नगराइन चोकसम्म भने पश्चिम दिसमा सिनुरजोडा–सोहनी, मनिमण्डप–नेपाल नर्सरी इस्कोन जनकपुर–दुधमतीपुल, बेला, कादरी मस्जिदसम्म कर्फ्यू लगाइएको हो।
प्रशासनले कर्फ्यू अवधिभर अत्यावश्यक सेवाबाहेक कुनै पनि व्यक्ति, सवारीसाधन वा समूहलाई तोकिएको क्षेत्रमा आवतजावत नगर्न प्रशासनले निर्देशन जारी गरेको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया