बिएल संवाददाता
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आफू हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा नरहेको बताएका छन्।
आज (शुक्रबार) मधेशवादी दलका नेताहरू छलफल गर्दै उनले हिन्दू राष्ट्र आएपछि राजा जोडिएर आउने भएकाले आफू त्यसको पक्षमा नभएको बताएका हुन्।
‘हिन्दू राष्ट्र बनाउने तिर छैनौँ, तराई/मधेसमा हिन्दू राष्ट्रका लागि भएको आन्दोलनको अर्को मर्म छ। पहाडतिरको अर्को मर्म छ,’ बालेनको भनाइ उद्धृत गर्दै जनता समाजवादी पार्टी नेपालका महासचिव रामकुमार शर्माले भने, ‘राजा ल्याउने पक्षमा छैनौँ। त्यसले संघीयतालाई कमजोर गर्छ।’
मधेशबाट प्रतिनिधित्व गर्ने दलका नेतासँग प्रधानमन्त्री बालेनले खुलेरै आफू संघीयताको पक्षमा रहेको बताएका थिए।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया