कैलाश सिराेहियाकाे मुटुमा समस्या, अस्पताल भर्ना

हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन्।

स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको हो। उनको मुटुमा समस्या आएको बताइएको छ।

किर्ते नागरिकता बाकेकाे आराेपमा गत मंगलबार काठमाडौँमा पक्राउ गरी उनलाई धनुषा लगिएको थियो।

उनलाई सुरुमा तीन दिन र शुक्रबार थप तीन दिनको समय थपेर अनुसन्धान भइरहेको छ।

सिरोहियालाई अहिले जनकपुरस्थित काव्या अस्पतालमा राखिएको छ।

कानुनको तराजु: एकातिर ‘प्रेस’, अर्कोतिर ‘किर्ते’

प्रकाशित मिति: : 2024-05-25 10:22:00

प्रतिकृया दिनुहोस्