बिएल संवाददाता
आज भारतको लोकसभा निर्वाचनको छैटौं चरणको निर्वाचन हुँदैछ। छैटौं चरणमा आठ राज्य र केन्द्र शासित प्रदेशका ५८ सिटका लागि आज मतदान हुँदैछ।
यी राज्यबाट कूल ८८९ उम्मेदवार चुनावी मैदानमा छन्। छैटौं चरणका लागि संसदीय निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्ने उम्मेदवारको औसत सङ्ख्या १५ रहेको छ।
आज मेनका गान्धी, मनोहर लाल खट्टर, महबुबा मुफ्ती, राज बब्बर, दिनेश लाल निरहुवा, धर्मेन्द्र यादव, मनोज तिवारीलगायत धेरै हाई प्रोफाइल उम्मेदवार चुनावी मैदानमा रहेका छन्।
त्यस्तै धर्मेन्द्र प्रधान, राव इन्दरजीत सिंह, कृष्णपाल गुर्जर जस्ता केन्द्रीय मन्त्रीहरू पनि चुनावी मैदानमा रहेका छन्।
आज हुने छैटौं चरणको निर्वाचनअन्तर्गत उत्तर प्रदेशका १४, हरियाणाका १०, बिहारका ८, पश्चिम बङ्गालका ८, दिल्लीका ७, ओड़ीशाका ६, झारखण्डका ४ र जम्मु कश्मिरको एक सिटमा मतदान हुँदैछ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया