बिएल संवाददाता
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदकाे भ्रष्टाचारमा दोषी ठहर भएका सिनियर डिभिजनल इन्जिनियर नवीनकुमार पोखरेल मृत अवस्थामा भेटिएका छन्।
५७ वर्षीय पोखरेल बिहीबार भक्तपुरस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकाे प्रहरीले जनाएकाे छ।
प्रहरीका अनुसार घटनास्थलमा सुसाइड नाेटसमेत फेला परेकाे छ। प्रारम्भिक अनुसन्धानमा उनले आत्महत्या गरेको बुझिएकाे प्रहरीले बताएकाे छ।
विशेष अदालतले जेठ ८ गते पोखरेललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ६ महिना कैद, ५ करोड ८४ लाख ५५ हजार एक सय ५९ रूपैयाँ जरिवाना र सो बराबरको बिगो रकम असुलको फैसला सुनाएको थियो।
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया