बिएल संवाददाता
राेयल च्यालेन्जर्स बैंग्लाेर इन्डियन प्रिमियर लिग (आइपिएल)काे उपाधि हाेडबाट बाहिरिएकाे छ। एलिमिनेटरमा राजस्थान राेयल्ससँग ४ विकेटले पराजित हुँदै बैंग्लाेर उपाधि हाेडबाट बाहिरिएकाे हाे।
बैंग्लाेरले दिएकाे १ सय ७३ रनकाे लक्ष्य राजस्थानले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गर्याे।
राजस्थानका यशस्भी जैसवालले ४५, रियान परागले ३६, शिमराेन हेटहेयरले २६ तथा कप्तान सन्जु सामसनले १७ रन प्रहार गरे।
बैंग्लाेरका माेहमद सिराजले २ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेकाे बैंग्लाेरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७२ रन बनाएकाे थियाे।
बैंग्लाेरका लागि विराट काेहलीले ३३, रजट पतिदरले ३४, महिपाल लाेम्राेरले ३२ तथा क्याम्राेन ग्रिनले २७ बनाएका थिए।
राजस्थानका अभेष खानले ३ तथा रवीचन्द्र अश्विनले २ विकेट लिए।
राजस्थानले अब फाइनल प्रवेशका लागि दाेस्राे क्वालिफायरमा शुक्रबार सनराइजर्स हैदरवादकाे सामना गर्नेछ।
क्वालिफायर विजेता टाेलीले उपाधिका लागि कोलकाता नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्नेछ।
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया