बिएल संवाददाता
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैशाल सिरोहिया पक्राउबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूलाई केही पनि नबोल्नका लागि माथिल्लो तहबाट उर्दी जारी गरिएको छ।
बिएल नेपाली सेवासँग कुरा गर्दै रास्वपा स्रोतले माथिल्लो तहबाट सिरोहिया पक्राउबारे केही नबोल्न उर्दी भएको बतायो।
रास्वपाका प्रमुख सचेतक सन्तोष परियाले आफू केही बोल्न नसक्ने बताए। ‘मेरो काम छ। यस विषयमा म केही बोल्न सक्दैन’, छोटो कुराकानीमा उनले भने।
यस्तै बिएल नेपाली सेवाले रास्वपाका उपसभापति स्वर्णिम वाग्ले, सहप्रवक्ता मनिष झा, सांसद सोविता गौतम, तोसिमा कार्कीलगायतले सम्पर्कमा आउन मानेन्।
यद्यपि रास्वपाले आफूलाई लोकतान्त्रिक दल भन्दै आइरहेको छ। सिरोहिया पक्राउ प्रकरणमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, जनमत पार्टीका अध्यक्ष डा. सिके रावतसँगै काँग्रेसका नेताहरूले विरोध जनाएका छन्।
डा. भट्टराईले सिरोहिया प्रक्राउलाई सरकारको निरङ्कुशता भनेर टिप्पनी गरेका छन्। यस्तै पत्रकार महासंघले सियोहिया पक्राउलाई प्रेस स्वतन्त्रताविरुद्ध भनेको छ।
मंगलबार साँझ ६ बजे सिरोहियालाई ठूलो संख्यामा प्रहरी परिचालन गरेर कान्तिपुर पब्लिकेसनकै कार्यकक्षबाट पक्राउ गरिएको थियो।
उनीमाथि एउटै नम्बरको दुई वटा नागरिकता भएको आरोप छ।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया