बिएल संवाददाता
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विरोध जनाएका छन्।
करिब ६ बजे सिरोहियालाई प्रहरीले कान्तिपुर मिडियाको कार्यकक्षबाटै पक्राउ गरेको थियो। त्यसपछि पूर्वप्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जालमा लेख्दै प्रचण्डले ज्ञानेन्द्रपथको अनुसरण गरेको बताएका छन्।
उनले सिरोहिया पक्राउलाई नाटकीयसमेत भनेका छन्। ‘जुनसुकै कारणले होस् सरकारले नाटकीय ढंगले कान्तिपुर प्रकाशन गृहका अध्यक्ष कैलाश सिरोहियालाई गिरफ्तार गर्नु राम्रो देखिएन।’
उनले अगाडि लेखेका छन्, ‘झन् बिडम्बनाको कुरा त के भने माओवादी जनयुद्धकोबेला २०५८ जेठमा दरबार हत्याकाण्ड सम्बन्धी मेरो लेख छापे बापत् तत्कालीन राजा ज्ञानेन्द्रको सरकारले सिरोहिया लगायतका कान्तिपुरकर्मीहरूलाई यसरी नै गिरफ्तार गर्दा हाम्रा तत्कालीन सुप्रिम कमाण्डर प्रचण्ड लगायत हामीले त्यसको तीब्र विरोध गरेका थियौं। आज उनै प्रचण्ड ज्ञानेन्द्रको ठाउॅमा हुॅदा उनले नै ज्ञानेन्द्रपथ अनुसरण गरेको देख्दा म अत्यन्त लज्जित छु।’
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया